आइतबार, वैशाख ७, २०८२

सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहरणमा लागे पूर्व सशस्त्र प्रहरी हवल्दार बोहोरा

नेपालखोज २०८१ चैत २७ गते १७:४२

काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरा सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरणमा जान लागेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा चैत्र २८ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनलाई संगठनको झण्डा हस्तान्तरण गर्नुकासाथै सगरमाथा आरोहरण सफलताको शुभकानासहित हार्दिक विदाई गरे ।

उनी सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका थिए । सगरमाथा आरोहरणमा जान लागेका बोहोराले आफुलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको बताए ।

प्रतिक्रिया