१० प्रतिशत आधारभूत कर कायम रहने सम्भावना : ट्रम्पका शीर्ष आर्थिक सल्लाहकार
नेपालखोज
२०८१ चैत २७ गते २१:२०
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार केभिन हासेटले चीनबाहेक सबै मुलुकका लागि १० प्रतिशत कर वृद्धि दर आगामी दिनमा पनि कायमै रहने बताएका छन् ।
ट्रम्पले विश्वव्यापी शेयर बजारलाई तहसनहस पारेको बुधबारदेखि लागु हुनेगरी चीनबाहेक सबै देशविरुद्ध उच्च करमा ९० दिनका लागि रोक लगाउने घोषणा गरेका थिए । अतिरिक्त करवृद्धिको कार्यान्वयनको घोषणाले अमेरिकी ऋणपत्र बजार समेतलाई भयभित बनाएको थियो ।
ट्रम्पको घोषणाले चीनलाई १२५ प्रतिशत करको सामना गरिरहेको छ, र लगभग सबै अन्य देशहरूले १० प्रतिशतको आधारभूत करवृद्धिको सामना गरिरहेका छन् ।
ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषद्का निर्देशक हासेटले बिहीबार बजार खुल्नुअघि सीएनबीसीसँग कुरा गर्दै १० प्रतिशत कर कायम रहने सम्भावना रहेको बताएका थिए । रासस/एएफपी
सम्बन्धित
प्रतिक्रिया