शुक्रबार, वैशाख ५, २०८२

आजको मौसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०८१ चैत २८ गते ६:३७

काठमाडौं । देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा तथा देशका बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोशी, मधेश र बागमतीका एक–दुई ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

हिजोदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा तुवाँलो हटेको छ भने वायु प्रदूषणमा सुधार आएको छ । यस्तै वन डढेलोमा लागेको आगो निभेको छ। खेतबारी भिज्ने गरी पानी परेपछि किसान खुशी भएका छन् । भोलि पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया