शुक्रबार, वैशाख ५, २०८२

सुनसरीको वेलाहाबाट लागूऔषधसहित तीन जना नियन्त्रणमा

नेपालखोज २०८१ चैत २८ गते १०:१८

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-१ स्थित सीमा ईलाकाको वेलाहा बजारबाट सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिईएकामा सोही जिल्लाको रामधुनी नगरपालिका-२ धमौरा बस्ने २४ वर्षिय शिवशंकर चौधरी, धरान उपमहानगरपालिका-५ बस्ने २७ वर्षिय बुस्तन लिम्बु र धरान उपमहानगरपालिका-११ बस्ने २५ वर्षिया संगिता तामाङ् छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले भारतबाट को ३९ प ३५४२ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका शिवशंकर चौधरीको साथबाट ५ ग्राम २१ मिलिग्रामसहित चैत्र २८ गते तथा बुस्तन लिम्बु र संगिता तामाङ्को साथबाट ८ ग्राम ७६० मिलिग्राम खैरो हेरोईनसहित चैत्र २७ गते नियन्त्रणमा लिएको हो । साथै उनीहरुको साथबाट अन्य सामान समेत बरामद भएको छ ।

नियन्त्रणमा लिईएका तीनै जनालाई बरामद लागूऔषध, मोटरसाईकल तथा सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया