केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

काठमाडौं । नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरुले आफ्नो हालैको बीरगंज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरे ।
उनलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबंधक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरुद्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो ।
राजदूतले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रीय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
राजदूत मेएडा टोरूले यस्ता बहुदेशीय लगानीका उद्योगको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उहांले हाल नेपालमा संचालनमा रहेका जापानी उद्योगको अनुभवका आधारमा थप लगानीको संभावना बढ्ने बताए ।
यस अघि पनि दुई जना जापानी राजदूतको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो ।
प्रतिक्रिया