सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ गुरूधामचोकस्थित सडकमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको बा.प्र.०३–०४ प ९५२६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीय अनिरूद्र बस्ताकोटीको बिहीबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको सिएमसि भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित सडकमा दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेको लु.५७ प ०२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक म्याग्दे गाउँपालिका–५ थाङ्दी बस्ने ३९ वर्षीय राजु भनिने रेशम विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।
रामेछापको मन्थली नगरपालिका-३ कठजोर ठाटीस्थित सडकमा बा.१६ च ६४७६ नम्बरको बोलेरो अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा बोलेरोमा सवार सोही नगरपालिका–२ टेकनपुर बस्ने ६२ वर्षीय कृष्ण नारायण श्रेष्ठ र मनोज श्रेष्ठकी छोरी ११ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार १६ जना मध्ये १ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको र ४ जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको छ भने ११ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, मौलापुर नगरपालिका–३ गम्हरियास्थित सडकमा प्रदेश २-०३-००१ त ३५२४ नम्बरको ट्याक्टरले ना.६० प ३४३८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीया सीता देवी साहको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिहरेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया