‘घरमा आगो लगाएर, जिउँदै मान्छे पोलेर हिन्दूराष्ट्र आउँछ ?’
नेपालखोज
२०८१ चैत २८ गते १४:४०

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले घरमा आगो लगाएर, जिउँदै मान्छे पोलेर हिन्दूराष्ट्र आउँछ भन्ने प्रश्न गरेका छन् ।
संसदीय समितिमा तीनकुने घटनाबारे जानकारी गराउनेक्रममा लेखकले राजावादीको एजेन्डा र कार्यमाथि प्रश्न गरेका हुन् । ‘मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ ?’, गृहमन्त्री लेखकले भने, ‘हिन्दू धर्मले यही भन्छर’
चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंस्रक बनेको थियो । उक्त प्रदर्शनमा निजी तथा सरकारी संरचनामा तोडफोड र आगजानी गरिएको थियो । प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो ।
सम्बन्धित
प्रतिक्रिया