‘समाचार कक्षलाई समावेशी बनाउन आवश्यक छ’
नेपालखोज
२०८१ चैत २८ गते १७:१४

लुम्बिनी । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्ष समावेशी हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
आज यहाँ आयोजित नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) आठौँ महाधिवेशन उद्घाटन सत्रमा उनले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गरे । अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयास सह्य नहुने स्पष्ट पारे ।
सम्बन्धित
प्रतिक्रिया