आइतबार, वैशाख ७, २०८२

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

नेपालखोज २०८१ चैत २९ गते १७:४७

काठमाडौं । काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र.२-०३-०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३-०२-०१० प ६९५४ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका-२५ छाताचोकमा ना.५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६-००२ प १३०४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा ना.५१ प २०४० नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ बस्ने ३९ वर्षीय टेक बहादुर पुलामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ना.५१ प २०४० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने बा.प्र.०६–००२ प १३०४ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई उपचारको लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३ तल्लो भेलाइ टोलस्थित सडकमा सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्रदेश.१–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले प्रदेश १-०४–००१ प ४०११ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–३ बस्ने ३१ वर्षीय भुपेन्द्र कटुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया