बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा
नेपालखोज
२०८१ चैत २९ गते १९:४५
काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।
औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।’
सम्बन्धित
प्रतिक्रिया