आइतबार, वैशाख ७, २०८२

लागूऔषध गाँजा बरामद

नेपालखोज २०८१ चैत ३० गते १०:२१

काठमाडौं । मोरङको जहदा गाउँपालिका-१ पचपरीया टोलस्थित बाटो छेउबाट लागूऔषध गाँजा करिब १४ किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

बाराको पचरौता नगरपालिका-३ रामनगरबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोग्राम शुक्रबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर बैरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ रामनगरबाट कलैयातर्फ जाँदै गरेको बिआर ०५ एएन ०२२७ नम्बरको मोटरसाइकल छाडी चालक फरार भएपश्चात मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया