सुनको मूल्यमा आज पनि ‘रेकर्ड ब्रेक’
नेपालखोज
२०८१ चैत ३० गते ११:११

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्यले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य एक लाख ८५ हजार रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेर एक हजार नौसय ६०रुपैयाँ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया