२०८१ सालको अन्तिम दिन, बैंकिङ प्रणालीबाट आजपनि ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । आज बिसं २०८१ सालको अन्तिम दिन हो । बिगत लामोसमयदेखि अधिक तरलता नियन्त्रणमा आउन नसकेपछि नेपाल राष्ट्र बैंकले आजपनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै राष्ट्र बैंकले आज आईतबार मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिने छ । परिपक्व हुने अवधि २१ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती बैशाख २१ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।
प्रतिक्रिया