शनिबार, वैशाख ६, २०८२

युके र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

नेपालखोज २०८१ चैत ३० गते १९:४८

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२९ बस्ने इलाम चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र काठमाडौं महानगरपालिका–३० बस्ने मोरङ ग्रामथान गाउँपालिका–६ घर भएका २३ वर्षीय इश्वर पोखरेल रहेका छन् ।

पक्राउ मध्ये ख्यामले युके पठाइदिछु भन्दै २ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ र इश्वरले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख ५१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ख्यामलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट शनिबार र इश्वरलाई काठमाडौं महानगरपालिका–१४ बाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ मध्ये ख्यामलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र इश्वरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया