कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् ।
ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।
‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।
ट्रम्प र उनका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छूटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ ।
चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ ! कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन् ।
यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो।bअमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो । सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।
नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा पर्याउनेछ।
प्रतिक्रिया