‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’

भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पेडाँडामा सुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उहाँले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताए ।
पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटनकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीयस्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
कूल सात अर्बको लागतमा निर्मित उक्त रिर्साटमा एनआरएनका पूर्वध्यक्ष शेष घले र व्यवसायी अमृत रत्न शाक्यकोसमेत लगानी रहेको छ ।
कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतलगायतल वक्ताले पर्यटन प्रवर्द्धनका माध्यमबाट सूर्यविनायक नगरपालिकामा आर्थिक गतिविधि थप चलायमान बन्ने बताएका थिए । ‘भैरव रिसालले पत्रकारिता क्षेत्रमा पुर्याउनुभएको योगदान बिर्सन हुँदैन’
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्वर्गीय वरिष्ठ पत्रकार भैरव रिसालले पत्रकारिताका क्षेत्रमा पुर्याउनुभएको योगदानलाई कहिल्य बिर्सन नहुने बताएका छन् ।
प्रतिक्रिया