मुख्यमन्त्री कार्कीद्वारा सिरुवा पर्वको शुभकामना
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिरुवा पर्व २०८२ को सुखद् अवसरमा देशविदेशमा रहनुभएका आम नागरिकमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस प्रदेशमा आदिकालदेखि बस्दै आउनुभएका आदिवासी जनजातिले मनाउने यो पर्व कोशी प्रदेशको मात्र नभएर देशकै एउटा मौलिक पर्व हो भनेका छन् ।
सिरुवा पर्वलाई परिवर्तनको सङ्केतका रूपमा लिन पाइन्छ । यो समयमा गर्मी सुरु हुने र बढीभन्दा बढी पानी पर्ने मान्यताले गर्दा पानीका कारण शीतलता प्रदान हुन्छ भन्ने विश्वास रहेकाले यस पर्वलाई जुडशीतल पनि भनिन्छ ।
यो पर्वमा वैशाखभरि विभिन्न थानमा मेला लाग्ने भएकाले यसको अलग पहिचान र विशिष्टता रहेको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
कोशी प्रदेश सरकार हाम्रा मौलिक सांस्कृतिक पर्वहरूको संरक्षण र संवर्द्धन गर्दै सबै जातजाति, भाषाभाषी, संस्कृति र पहिचानलाई स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । रासस
प्रतिक्रिया