बुधबार, वैशाख ३, २०८२

चर्चित गायक बिश्वराम कार्कीको ’घुमी घुमी’ सार्वजनिक

नेपालखोज २०८२ वैशाख २ गते १८:४२

काठमाडौं । चर्चित गायक बिश्वराम कार्कीको आवाजमा रहेको ‘घुमी घुमी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । कट्टा हान्दिन्छु,साईलो लगाएत विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वराम कार्की सुमधुर आवाजको घनिले भर्खरै मात्र ‘घुमी घुमी’ को म्यूजिक भिडियो बजारमा लिएर आएका छन् ।

गीतमा शब्द-संगीत भीम बिसीको रहेको छ भने म्युजिक भिडियोमा बिक्रम चौहान, दिपा पनेरु र गायक बिश्वराम कार्कीको अभिनय रहेको छ । बिक्रम चौहानले छायाङ्कन तथा निर्देशन गरेका हुन् भने गीतको भिडियोलाइ दिन्सन शाहले सम्पादन गरेका हुन् । बिश्वराम कार्कीको अफिसियल युटुव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

भिडियो लिंक

प्रतिक्रिया