सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना
नेपालखोज
२०८२ वैशाख २ गते २०:२४

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घको चैत २९ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलगायतको कार्यसमितिलाई उनले आज बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अगाडि सारेका उम्मेदवारलाई विजय गराउन सफल भएकामा नेतृत्वलाई धन्यवाद दिए । पूर्वप्रधानमन्त्री देउवाले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमिति लाग्नुपर्ने बताए ।
सङ्घका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जनजस्ता दीर्घकालीन सुधारका कामहरू अगाडि बढाउने बताए ।
सम्बन्धित
प्रतिक्रिया