बुधबार, वैशाख ३, २०८२

संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस

नेपालखोज २०८२ वैशाख ३ गते ५:५०

काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन् ।

सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया