मालढुङ्गा-बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । तेह्र किलोमिटर लामो मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ ।
मालढुङ्गा-बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको, केराबारी-मिलनचोक-लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए । करिब दुई किलोमिटर ढलान पनि गरिएको छ ।
चार वर्षअघि ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए । पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।
हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक-लामाखेत-पर्वतबेनी, केराबारी-मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।
प्रतिक्रिया