बुधबार, वैशाख ३, २०८२

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ वैशाख ३ गते १०:५८

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया