सोमबार, वैशाख ८, २०८२

उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन

नेपालखोज २०८२ वैशाख ३ गते ११:४८

काठमाडौं । मोरङमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् ।

याे स्थानमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजता थपिएको छ । उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।

प्रतिक्रिया