शनिबार, वैशाख ६, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८२ वैशाख ३ गते १३:१२

काठमाडौं । मोरङ २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धामीले ती महिलालाई गत चैत २८ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुर्खेतमा पनि १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ ढोडेखाली बस्ने ५१ वर्षीय जयकृष्ण न्यौपानेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया