राष्ट्र बैंकमा तीन जनाको कार्यकारी निर्देशकमा पदोन्नति
नेपालखोज
२०८२ वैशाख ३ गते १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन जना निर्देशकलाई कार्यकारी निर्देशकमा पदोन्नति गरेको छ । बढुवा हुनेमा वरिष्ठ निर्देशक चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल रहेका छन् ।
मानव संशाधन विभागका अनुसार तीनै जना अधिकृत प्रथम श्रेणीबाट विशिष्ट श्रेणीमा उक्लिएका हुन् । उप्रेती हाल गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागमा कार्यरत छन् ।
यसैगरी, सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा र डा. खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया