बुद्धिष्ट इन्टरनेसनल ट्राभल जेठ १० गतेदेखि

काठमाडौं । बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको तेस्रो संस्करण आगामी जेठ १० गतेदेखि हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्ट आयोजना गर्न लागेको हो ।
मार्टको उद्घाटन समारोह, अन्तरराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौँमा हुने छभने जेठ १२ गते लुम्बिनीमा बी–टू–बी सत्र, फार्म ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह हुने नाट्टाले जनाएको छ ।
मार्टमा अन्तरराष्ट्रिय बौद्ध पर्यटनमा रुचि राख्ने १५० भन्दा बढी खरिदकर्ता ९इन्टरनेसनल होस्टेड बायर्स० तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बिक्रेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । मार्टमा भारत, चीन, भूटान, म्यान्मार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायत प्रमुख बौद्ध राष्ट्रहरूबाट एक हजार १०० भन्दा बढी आगन्तुकको उपस्थिति रहनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले मार्टको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौँ मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ । बिआइटिएम २०२५ जस्तो कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको छु । यसले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउनेछ ।’
मार्ट नेपालको धार्मिक पर्यटन, विशेषतः बौद्ध सम्पदाको प्रवर्द्धनका लागि एक ऐतिहासिक अवसर साबित हुने नाट्टाले विश्वास गरेको छ । रासस
प्रतिक्रिया