शनिबार, वैशाख ६, २०८२

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के हुन् एजेन्डा

नेपालखोज २०८२ वैशाख ४ गते ८:२८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रम अन्तर्गत चितवनमा सभा गरे पनि त्यसपछि यसलाई निरन्तरता दिन सकेको छैन ।

प्रतिक्रिया