कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडौं । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकले कम्तीमा १०० रूपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रूपैयाँको फोन पे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहक साप्ताहिक तथा बम्पर उपहार (आईफोन १६)को लागि स्वतः योग्य हुनेछन् ।
यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताले १०० रूपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । साथै, योजना समाप्त भएपछि सहभागी मध्यका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप नयाँ आईफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ वैंशाख २०८२ देखि ३१ वैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।
यस योजनाले ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वसका साथ मोबाइल टपअप र फोन पे डाइरेक्ट कारोबारलाई प्रवद्र्धन गर्दै, डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैकले राखेको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकि ईकाईमार्फत ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया