शनिबार, वैशाख ६, २०८२

रास्वपाको सह-महामन्त्रीबाट सुमनाले राजीनामा दिने

नेपालखोज २०८२ वैशाख ४ गते ११:५७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह-महामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिने भएकी छन् ।

आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा श्रेष्ठले राजीनामा दिने जानकारी आफूले पाएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

२०८० पुसमा महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । त्यही बैठकबाट श्रेष्ठ पार्टीको सहमहामन्त्री भएकी थिइन् ।

प्रतिक्रिया