शनिबार, वैशाख ६, २०८२

करिब २४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ

नेपालखोज २०८२ वैशाख ४ गते १२:५९

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका-११ हिरापुरबाट करिब २४४ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया