वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको प्रचण्ड आरोप
नेपालखोज
२०८२ वैशाख ४ गते १३:३८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन्
बिहीबार प्रेस सेन्टर रूपन्देहीले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ती हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताए । उनले आफुलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमाले भित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे ।
प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए । उनले कसैको अधिकार कटौति गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे
प्रचण्डले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको टिप्पणी गर्दै फेरी राजावादीको ज्वरो नआउने जिकिर गरे ।
सम्बन्धित
प्रतिक्रिया