श्रीलङ्काली नागरिक विमानस्थलबाट पक्राउ
नेपालखोज
२०८२ वैशाख ४ गते २२:०४

काठमाडौं । अवैध लागुऔषध गाँजा लिएर श्रीलङ्का प्रस्थान गर्न लागेको एक श्रीलङ्काली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
श्रीलङ्कन एयरको उडानमार्फत त्यसतर्फ जान लागेका ६१ वर्षीय मोहम्मद सलिम मोहम्मद रुमोज पाँच किलो दुई सय ग्राम गाँजासहित पक्राउ परेका नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।
विमानस्थलमा जाँचका क्रममा उनको सुटकेसबाट उक्त पदार्थ फेला परेको हो । उनलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले बाराको प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवनकुमार साहलाई अवैध दुई किलो एक सय ग्राम गाँजा र रु २७ हजार चार सय ३० सहित पक्राउ गरेको छ । प्रहरीले उनको घर खनतलासी गर्दा उक्त गाँजा फेला परेको हो । रासस
सम्बन्धित
प्रतिक्रिया