सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । सुनसरीको दुहबी नगरपालिका-३ स्थित सडकमा को.३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७०७२ नम्बरको ईभि गाडी सडक भन्दा करिब २ सय मिटर तल खसेर गए राति दुर्घटना हुँदा गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सर्लाही बागमती नगरपालिका-७ बस्ने १३ वर्षीया मानुसी मगरको घटनास्थलमै र गम्भीर घाइते भएकी रौतहट घर भएकी ५० वर्षीया निलम देवी राउतको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार ४ जनाको हेटौंडा अस्पतालमा र ९ जनाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको कविलासी नगरपालिका–७ गैर चोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीय इन्द्रजित महराको मृत्यु भएको छ । बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया