शनिबार, वैशाख ६, २०८२

सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई

नेपालखोज २०८२ वैशाख ५ गते १६:००

काठमाडौं । ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरे ।

यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टिभीमा कार्यरत छन् । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया