शिक्षा ऐन जारी गराउन क्रान्तिकारीले गर्यो संघर्ष घोषण

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले नि:शुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमा समेत ऐक्यबद्धता रहेको जानकारी दिएको छ । याे संगठनका अध्यक्ष विरेन्द्र शाहले गत चैत २६ गते शिक्षा मन्त्रालयमा ३९बुँदे माग पत्र बुझाएको र सरकारले सो विषयमा कुनै सुनुवाई नगरेकोले आफूहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेको बताए ।
पछिल्लो समय शिक्षकहरुले शिक्षा ऐन जारी गर्न तथा उनीहरुको माग पुरा गर्न आनाकानी गरिरहनुमा पनि राज्यमा बसेका जिम्मेवार व्यक्तिहरुको स्वार्थले अड्काईरहेको शाहले आरोप लगाए । संगठनकी उपाध्यक्ष रुपा बुढामगरले तत्काल सरकारले निःशुल्क र समान शिक्षासहितको शिक्षा ऐन जारी गर्न माग गर्दै अन्यथा संगठनले आन्दोलन चर्काउने चेतावनी दिइन् ।
सको पत्रकार सम्मेलनमा संगठनका सचिवहरु गोविन्द विष्ट, डिबी शाही, हरि विष्ट, कोषाध्यक्ष कमला परियार लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया