शनिबार, वैशाख ६, २०८२

‘संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन्’

नेपालखोज २०८२ वैशाख ५ गते १९:०६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संविधानमा सुनिश्चित भएका अधिकार महिलाले प्राप्त गर्न नसकेको बताएका छन् । उनले जनसङ्ख्याको ५१ प्रतिशत महिलाले ओगटेपनि अझै पनि हक र अधिकारबाट बञ्चित रहेको बताएका हुन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) को ३४औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित एक कार्यक्रममा उनले भने, संविधानमा लेखिएका हक अधिकारहरु महिलाले पाएका छैनन् । २०७२ को संविधान बन्नुअघि र पछि महिलाको जागरुकता र पहुँचमा धेरै अन्तर आइसकेको छ । महिला सचेत र जागरुक भइसकेका छन् ।

महिला आफैँ आफ्ना हकका लागि लड्नुपर्छ । ओरेकका संस्थापक अध्यक्ष रेणु अधिकारीले समाजमा गाडिएको विभेदको जरो अन्त्य नहुन्जेल ओरेकले घच्घच्याउने काम गरिराख्ने बताए । उनले भने, समाजमा विभेदको जरो नराम्ररी गाडिएको छ । समाजका विभिन्न पाटोसँग ओरेकले काम गरेको छ ।

हामी सङ्घसंस्थाहरु प्रतिस्पर्धी होइनौँ सरकारका सहयोगी हौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सयौँ वर्षदेखि बहिष्करणमा पारिएका र दबिएका आवाजका लागि ओरेकले काम गरेको र आयोग सहकार्य गर्न सधैँ तत्पर रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया