‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नेपाली कांग्रेस, अर्घाखाँची-काठमाडौं सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरु एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरु शक्तिसँग भिड्नका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिए ।
कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरुप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरु सच्चिने बेला आएको बताए ।
प्रतिक्रिया