आइतबार, वैशाख ७, २०८२

९ महिनामा बैकले कमाए ४१ अर्ब, कसको पोल्टामा कति नाफा ? हेर्नुहोस सुचीसहित

नेपालखोज २०८२ वैशाख ७ गते १६:०१

काठमाडौं । बैंकहरुले ४१ अर्ब रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ । वाणिज्य बैंकहरुले आइतबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यही चैत्र मसान्तसम्ममा कुल ४१ अर्ब २५ करोड १० लाख रुपैंयाँ खुद मुनाफा कमाएको देखिएको हो ।

बैकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ४० प्रतिशतले मात्र बढी हो । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कुल ४० अर्ब ६८ करोड २९ लाख खुद मुनाफा कमाएका थिए ।

चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बाँणिज्य बैकहरुले मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको देखिएको छ । नबिलले पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले चार अर्ब ७१ करोड सात लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

अपष्किृत वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा एभरेष्ट, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले भने यस अवधिमा क्रमशः तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार, दुई अर्ब ७८ करोड ३४ लाख ९४ हजार र ९६ करोड १९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

हिमालयन, नेपाल एसबिआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने क्रमशः ५० करोड, एक अर्ब २० करोड ३२ लाख र चार अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । लक्ष्मी सनराईज, कुमारी र प्राईम कर्मसियल बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ६५ करोड २१ लाख, २८ करोड ५८ लाख र दुई अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार एनआईसी एशिया, सानिमा र प्रभु बैंकले भने पछिल्लो अवधिमा क्रमशः १५ करोड ६७ लाख ७० हजार, एक अर्ब ६५ करोड २४ लाख र एक अर्ब ८७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

यसैगरी सिद्धार्थ, कृषि र स्टान्र्डड चार्टड बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ६८ करोड ८२ लाख, एक अर्ब ८४ करोड ४४ लाख र दुई अर्ब १७ करोड ३७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

एनएमबी, राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छे बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ३७ करोड ३२ लाख, एक अर्ब २० करोड ४३ लाख र एक अर्ब १० करोड २६ लाख रुपैयाँ खुद मुनाफा कमाएको देखिएको छ ।

प्रतिक्रिया