आइतबार, वैशाख ७, २०८२

एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन तथा उद्घाटन

नेपालखोज २०८२ वैशाख ७ गते १७:३०

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बैशाख ७ गते एपीएफ कमाण्ड तथा स्टाफ कलेज कठमाडौँमा संचालन भएको नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष समापन र दशौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष उद्घाटन गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहकाबीच प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी नायव उपरीक्षक पंकज पौडेललाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष’, सशस्त्र प्रहरी नायव उपरीक्षक वासुदेव महतलाई ‘बेस्ट रिसर्च अवार्ड’ प्रदान गरे । भने विशेष अतिथि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा.दुविनन्द ढकालले सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेतीलाई ‘बेस्ट एकेडेमीक अवार्ड’ प्रदान गरेका थिए ।

महानिरीक्षक अर्यालले कमाण्ड तथा स्टाफ कोर्षले संगठनमा आवद्ध अधिकृतहरुको व्यावसायिक क्षमता, दक्षता अभिबृद्धि हुनुकोसाथै नविनतम सुरक्षा चुनौतीहरुको सामना गर्न योग्य कमाण्डर निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले कोर्ष निरन्तर रुपमा संचालन गर्न सहयोग पु¥याएकोमा त्रिभुवन विश्वविद्यालय, विभिन्न विषयका विज्ञहरु तथा सम्बन्धित सबैप्रति आभार प्रकट गरे ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका प्रोफेसर डा.दुविनन्द ढकालले सशस्त्र प्रहरी बल नेपाल क्षमता अभिवृद्धि गर्न यस कोर्ष फलदायी रहेको बताउँदै जस्तोसुकै सुरक्षा चुनौतीहरुमा पनि योजना बनाई सहज ढंगले सांगठानिका लक्ष्य प्राप्तीमा परिचालन हुन कमाण्ड स्टाफ कोर्षले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।

६० हप्ता अवधिको नवौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षक ९ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र सशस्त्र प्रहरी निरीक्षक ४ जना गरी १४ जना रहेका थिए भने आजैबाट संचालन भएको दशौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत १ जना र सशस्त्र प्रहरी निरीक्षक ५ जना गरी १२ जनाको सहभागीता रहेको छ ।

समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायकी पूर्व डिन प्रोफेसर डा. कुशुम शाक्य, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षक, बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका पदाधिकारीहरु लगायत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया