तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको दिउँसो साढे २ बजेका लागि बोलाइएकाे बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बैठक बिहान ११ बजे बस्नेछ । जसमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाहीरकार्यप्रगति र अगामी आर्थिक वर्षको बजेटरकार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठक दिउँसो १ बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया