सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ वैशाख ९ गते ११:०७

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियाे ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
सम्बन्धित
प्रतिक्रिया