मंगलबार, वैशाख ९, २०८२

झण्डै १० अंकले घट्दा आठ अर्ब ३२ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख ९ गते १५:३०

काठमाडौं । नेप्सेको ओरालो यात्राले साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन सात दशमलव ७५ अंकले घटेको नेप्से आज पुन नौं दशमलव ९६ अंकले घटेर २६ सय ८८ दशमलव ३२ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले घटेर चार सय ५१ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको ७१ हजार छ सय ९४ पटकको कारोबारमा दुई करोड २५ लाख ५५ हजार सात सय १३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार एक सय ८८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा चार वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये होटल तथा पयर्टन समूहको सूचक आठ दशमलव ९३ अंकले घटेर १३ सय ५२ दशमलव २९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि ९२ दशमलव ५३ अंकले घटेर पाँच हजार पाँच सय ६४ दशमलव शुन्य सात अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि १० दशमलव ६३ अंकले घटेर २४ सय ९७ दशमलव ६७ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि १९ दशमलव शुन्य आठ अंकले घटेर तीन हजार पाँच सय ४२ दशमलव १७ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि १८ दशमलव शुन्य छ अंकले घटेर १३ हजार दुई सय ५९ दशमलव पाँच अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ४० दशमलव २६ अंकले घटेर १२ हजार पाँच सय छ दशमलव ९६ अंकमा झरेको छ ।

यि बाहेक लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि क्रमशः दुई दशमलव शुन्य आठ, १२ दशमलव १४ र शुन्य दशमलव शुन्य सात अंकले घटेका छन् । होटेल तथा पर्यटन समुहको सुचक भने ६७ दशमलव ९२ अंकले बढेर छ हजार पाँच सय ७१ दशमलव ९८ अंकमा चढेकोमा उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ७९ दशमलव ८६, ४८ दशमलव ६४ र २९ दशमलव ९९ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ ।

प्रतिक्रिया