सुनको मूल्य तोलामा साढे ७ हजारले घट्यो, कतिमा हुदैछ काराेबार ?
नेपालखोज
२०८२ वैशाख १० गते ११:०३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियाे ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको थियाे ।
सम्बन्धित
प्रतिक्रिया