बुधबार, वैशाख १०, २०८२

मेयर हर्क साम्पाङसहित तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा किटानी जाहेरी

नेपालखोज २०८२ वैशाख १० गते १४:०९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित तीन जनाविरुद्ध सन्तोष लिम्बुले प्रहरीमा उजुरी दिएका छन् । सडक र ड्रेन बनाउने विवाद मिलाउन धरान ११ पुगेका मेयर साम्पाङले उक्साएपछि उनका समर्थकद्वारा कुटिएका लिम्बुले प्रहरीमा उजुरी दिएका हुन् ।

धरान-११ नगरकोट टोल विकास स्रस्थाका अध्यक्ष समेत रहेका लिम्बुले साम्पाङसहित धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो र धरान ११ का चङ्खे भन्ने जोन लिम्बू विरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा हालेका हुन् ।

नगरकोट-बानडाँडा बाटो स्तरोन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेकोमा मास्तिरको क्षेत्रमा मात्रै यस वर्ष काम हुने भएपछि विवाद उत्पन्न भएको थियो ।

धरान-११ नगरकोट टोल विकास संस्थाका अध्यक्ष लिम्बू माओवादीका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएको बताउँदै उनले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया