बुधबार, वैशाख १०, २०८२

३२ अंकले घट्दा सात अर्ब ५७ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख १० गते १५:२९

काठमाडौं । नेप्सेको लगातारको गिरावटले साताको चौंथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन नौं दशमलव ९६ अंकले घटेको नेप्से आज बुधबार पुन ३२ दशमलव ३८ अंकले घटेर २६ सय ५५ दशमलव ९४ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८६ अंकले घटेर चार सय ४६ दशमलव तीन अंकमा झरेको छ ।

नेप्सेमा आज ३०८ वटा कम्पनीहरुको ६४ हजार १४० पटकको कारोबारमा एक करोड ८४ लाख ७७ हजार सात सय तीन कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ५७ करोड ५५ लाख १७ हजार दुई सय ४६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले बढेर १९ सय ५२ अंकमा चढेको छ भने उत्पादनमुलक समूहको सूचक शुन्य दशमलव ३९ अंकले बढेको छ । बाँकी समुहहरुको सुचक भने आज घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ५१ अंकले घटेर १ हजार ३३५ दशमलव ६५ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि १०५ दशमलव शुन्य तीन अंकले घटेर पाँच हजार चार सय ६० दशमलव ४३ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २८ दशमलव ६३ अंकले घटेर २ हजार ४७० दशमलव ६३ अंंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ६२ दशमलव २१ अंकले घटेर तीन हजार ४७५ दशमलव शुन्य सात अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि ४४ दशमलव ४४ अंकले घटेर १३ हजार २०० दशमलव १२ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि १२३ दशमलव ३२ अंकले घटेर १२ हजार ३७२ दशमलव २० अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्र्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ७३ दशमलव ११, दुई दशमलव शुन्य छ, ४९ दशमलव २५, ४४ दशमलव २६ र १७ दशमलव ९८ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोेरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने राधी जलबिद्युत कम्पनी परेको छ ।

प्रतिक्रिया