शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
नेपालखोज
२०८२ वैशाख १० गते १८:३८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीले गरेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई नियुक्त गरेका हुन् ।
उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो ।
सम्बन्धित
प्रतिक्रिया