माओवादीको संसदीय दलको पूर्ण बैठक जारी
नेपालखोज
२०८२ वैशाख ११ गते ९:१९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेकाे छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।
साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल हुने छ ।
सम्बन्धित
प्रतिक्रिया