बिहीबार, वैशाख ११, २०८२

दुई अंकले बढ्दा सात अर्ब ८७ करोडको शेयर किनबेच

नेपालखोज २०८२ वैशाख ११ गते १५:४४

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । अघिल्लो चार कार्यदिनदेखि लगातार ओरालो लागेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने दुई दशमलव आठ अंकले बढेर २६ सय ५८ दशमलव दुई अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले बढेर चार सय ४७ दशमलव २६ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीको ७० हजार सात सय तीन पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार दुई सय ४५ कित्ता शेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार दुई सय ६८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शुन्य दशमलव ४६ अंकले बढेर १३ सय ३४ दशमलव ९६ अंंकमा चढेकोमा जलबिद्युत समूहको सूचक पनि सात दशमलव ७३ अंकले बढेर तीन हजार चार सय ८१ दशमलव ७७ अंकमा पुगेको छ ।

लगानी, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमश: दुई दशमलव ८१, शुन्य दशमलव शुन्य पाँच र १७ दशमलव ७२ अंकले बढेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक भने ४९ दशमलव १२ अंंकले घटेर पाँच हजार तीन सय ९९ दशमलव ६३ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि २३ दशमलव ५२ अंकले घटेर २४ सय ४७ अंंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ५६ दशमलव ३९ अंकले घटेर १३ हजार एक सय २७ दशमलव २५ अंंकमा झरेको छ । यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव ८० अंकले घटेर १२ हजार तीन सय ३६ दशमलव ३८ अंंकमा झरेकोमा होटेल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समूहको सूचक पनि क्रमशः ६२ दशमलव २९, १० दशमलव ८१, २० दशमलव ४९ र दुई दशमलव ६२ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल हाईड्रो डेभलपर्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया