बिहीबार, वैशाख ११, २०८२

फिलिपिन्सको राजधानीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु, १० जना घाइते

नेपालखोज २०८२ वैशाख ११ गते १९:४७

काठमाडौं । फिलिपिन्सको राजधानी मनीलामा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अधिकारीका अनुसार दुर्घटना बुधबार राति मारीकीना सिटीमा भएको हो ।

पुलिसका अनुसार, उकालो चढ्ने क्रममा एक ट्रक सडकमा पल्टिएपछि दुर्घटना भएको हो । त्यसपछि अन्य सवारी पनि एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा एक ट्रेलर ट्रक, दुईवटा यात्रु जीपनी, दुईवटा कार र एउटा स्पोर्ट युटिलिटी सवारी संलग्न थिए । मारीकीना सिटीको विपद् व्यवस्थापन कार्यालयले चालकसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

पुलिसले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया