आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनु पर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत बिषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित आजको लोकतन्त्र : अवसर र चूनौति बिषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत बिषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताए ।
कांग्रेसका लागि सरकार नै सवै भन्दा ठूलो कुरा नभएको उनको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गरे । उनले पूर्व राष्ट्रपति फर्केर दलमा आउने कुराहरु चलिरहदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने बताए ।
पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगाएतका पदमा पुगेकाहरुले संस्थाको गरिमा राख्नुपर्ने उहाले बताए । थापाले गणतन्त्रका बिषयमा भाग्ने वा उतेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गरे ।
उहाले नेपालको राजसंस्था संवैधानिक हुन नसक्ने भन्दै इतिहास भइसकेको राजसंस्थाका अनावश्यक बिषयमा बहस गर्न जरुरी नरहेको धारणा राखे ।
प्रतिक्रिया